कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्किड कपको सेमिफाइनल समीकरण

काठमाडौँ — आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार सेमिफाइनलमा ब्रम्हकुञ्जले गेटवे एकेडेमी र गोल्डेन बडले माउन्ट सेबविरुद्ध खेल्नेछन् ।

अर्किड कपको सेमिफाइनल समीकरण

क्वाटरफाइनलमा ब्रम्हकुञ्जले श्री सञ्जय साइलाई २–१ गोलले पराजित गर्‍यो । ब्रम्हकुञ्जका प्रयास गुरुङ र आदित्य श्रेष्ठले १–१ गोल गरे । गेटवेले अक्षरिकालाई ४–१ ले हराउँदा गेटवेका कृजल श्रेष्ठले २, रजत बस्नेत र उत्सव कार्कीले १–१ गोल गरे । अक्षरिकाका निशान्त थापाले एक गोल गरे ।

गोल्डेन बडले बाल गीताञ्जलीमाथि ५–० को एकपक्षीय जित दर्ता गर्‍यो । बडका कान्जोक लामा र चन्दन ठाकुरले २–२ तथा सिवेन सुनुवारले १ गोल गरे । माउन्ट सेबले त्रिज्योतिलाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको गोलरहित बराबरीमा भएको थियो ।

प्रकाशित : फाल्गुन १०, २०८० २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?