१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

कास्की र म्याग्दीको दुवै अन्नपूर्ण सेमिफाइनलमा

काठमाडौँ — दुवै अन्नपूर्ण गाउँपालिका टिम दोस्रो कीर्तिपुर नगरपालिका यू–१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा पुगेको छ । कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका सेमिफाइनल पुगेको हो ।

कास्की र म्याग्दीको दुवै अन्नपूर्ण सेमिफाइनलमा

कास्कीको अन्नपूर्णले बुटवल उपमहानगरपालिकालाई ६१–५२ स्कोरले पराजित गर्‍यो । अन्नपूर्णका केशव पुनले २१ स्कोर गरे । सुजन परियारको २० स्कोरमा सहयोगमा डिफेन्डिङ च्याम्पियन म्याग्दीको अन्नपूर्णले भक्तपुर नगरपालिकालाई ९५–२९ ले हरायो ।

कीर्तिपुरमा भइरहेको प्रतियोगितामा नागार्जुन नगरपालिका र आयोजक कीर्तिपुर नगरपालिका पनि सेमिफाइनल पुगेका छन् । नागार्जुनले काभ्रेको पाँचखाल नगरपालिकालाई ८८–७२ स्कोरले हरायो । नागार्जुनका प्रनिश तिमल्सिनाले २४ स्कोर गरे । कीर्तिपुरले ललितपुर महानगरपालिकालाई ७१–६८ स्कोरले हराउँदा शुभम् सैंजुले १८ स्कोरको योगदान गरे । अब सेमिफाइनलमा कीर्तिपुरको भेट म्याग्दीको अन्नपूर्णसँग हुँदा कास्कीको अन्नपूर्णले नागार्जुनविरुद्ध खेल्नेछ ।

प्रकाशित : फाल्गुन १०, २०८० २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?