२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘ऐसेलुखर्क अध्यक्ष कप चैत ७ देखि

डम्बरसिं राई

खोटाङ — ऐंसेलुखर्क गाउँपालिकामा सर्वाधिक राशीको ‘ऐसेलुखर्क गाउँपालिका अध्यक्ष प्रथम भलिबल कप’ आगामी चैत ७ देखि १० गतेसम्म हुने भएको छ । उक्त खेल महिला तथा पुरुष दुबै समूहको हुने भएको हो ।

पुरुषतर्फ प्रथम हुने टिमले दुई लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । दोश्रो हुने टिमले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, तेश्रो हुनेले ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुनेले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

महिलातर्फ प्रथम हुने टिमले एक लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । दोश्रो हुने टिमले ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । तेश्रो हुनेले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

यसबाहेक उत्कृष्ट सटर, स्पाइकर, डिफेन्डर, ब्लकर, सर्भर, अनुसाशित, उत्कृष्ट कोच लगायत विभिन्न ७ विधाका उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०८० १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?