१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सोल्मामा यू २३ फुटबल प्रतियोगिता हुने

डम्बरसिं राई

खोटाङ — सोल्मा स्पोर्टस् क्लवले यू २३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित स्पोर्टस् क्लवको खेलमैदानमा आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म उक्त प्रतियोगिता गर्ने तयारी गरेको हो ।

सोल्मामा यू २३ फुटबल प्रतियोगिता हुने

उक्त प्रतियोगिताको बिजेताले एक लाख २२ हजार दुई सय २२ रूपैयाँ पाउने छ । उपबिजेताले ७१ हजार एक सय ११ रूपैयाँ र समिफाइनलिष्ट दुई टिमले ३५ हजार पाँच सय ५५ रूपैयाँ नगद पुरस्कार पाउने खोटाङ जिल्ला फुटबल संघका अध्यक्ष तथा सोल्मा स्पोर्टस् क्वलका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।

यसका लागि तयारी भइरहेको राईको भनाइ छ । उक्त प्रतियोगितामा जिल्लाका ७९ वडाले मात्र सहभागी हुन पाउने छन् । खेलमा सहभागिता जनाउने प्रत्यक टिमलाई पाँच हजारका दरले प्रोत्साहन स्वरुप दिइने छ ।

विजयी टिमलाई थप चार हजार, दोश्रो चरणमा विजयी हुँदा थप पाँच हजार र तेश्रो चरणमा विजयी हुने टिमलाई थप ६ हजार दिइने अध्यक्ष राईले बताए । क्लवले पाँच हजार पाँच सय ५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार समेत प्रदान गर्ने जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?