२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सूर्य नेपाल वेस्टर्न ओपन : पहिलो दिन प्रो भुवनको एकल अग्रता

पोखरा — पूर्व नम्बर एक प्रो भुवन नगरकोटीले सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन बुधबार एक स्ट्रोकको अग्रता बनाएका छन् । पार–६९ को हिमालयन गल्फ क्लबमा‌ भुवन ३ अन्डर ६६ को स्कोरमा शीर्षस्थानमा रहे । एमेच्योर खेलाडी सदभाव आचार्य २ अन्डर ६७ मा खेल टुंग्याएर दोस्रो स्थानमा रहे । रवि खड्का र नीरज तामाङले इभन पार ६९ को स्कोरसहित तेस्रो स्थान बाँडे ।

सूर्य नेपाल वेस्टर्न ओपन : पहिलो दिन प्रो भुवनको एकल अग्रता

१ ओभर ७० सहित धनबहादुर थापा पाँचौं स्थानमा हुँदा दीपक आचार्य र टंकबहादुर कार्की २ ओभर ७१ सहित संयुक्त छैटौं स्थानमा रहे । बलभद्र राई, भुवनकुमार‌ रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३ ओभर ७२ स्कोरसहित संयुक्त आठौं स्थानमा छन् ।

भुवनले दोस्रो होलमा बर्डी प्रहार‌ गर्दै फ्रन्टनाइनमा‌ १ अन्डर ३३ मा पूरा गरे । तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याकनाइन २ अन्डर ३५ स्कोरमा टुंग्याए ।

सूर्य नेपाल सेन्ट्रल ओपन विजेता सदभावले फ्रन्टनाइन १ अन्डर ३३ र ब्याकनाइन १ अन्डर ३४ मा सकेका थिए । पूर्व नम्बर एक प्रो रविले फ्रन्टनाइन इभन–पार ३४ र ब्याकनाइनमा‌ इभन–पार ३५ खेलेका थिए । तीन दिन चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । वेस्टर्न ओपनमा ३५ प्रो र १५ एमेच्योर गल्फर प्रतिस्पर्धी छन् ।

डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई र सुवास तामाङले भारतीय गल्फ टुरमा व्यस्त रहेकाले प्रतियोगितामा भाग लिएका छैनन् ।

कुल ८ लाख ४० हजार राशिको प्रतियोगिता विजेताले १ लाख ४० हजार, दोस्रोले ९६ हजार र तेस्रो हुनेले ७२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र परेका सबै गल्फरले नगद पुरस्कार पाउने छन् ।

प्रकाशित : फाल्गुन ९, २०८० २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?