१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुर्खेतलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि 

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्डको छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । 

सुर्खेतलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्‌को आयोजनामा फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सुर्खेत जिल्लाले ४५ स्वर्णसहित उपाधि जितेको हो । जम्मा ६ खेल समावेश गरिएको प्रतियोगितामा ४५ स्वर्ण, १४ रजत, ७ कांस्यसहित सुर्खेतले उपाधि हात पारेको छ । छात्रतर्फ २० स्वर्ण ५ रजत ४ कांस्य जित्यो भने छात्रातर्फ २५ स्वर्ण ९ रजत ३ कांस्य जित्यो ।

यस्तै पश्चिम रुकुम जम्मा ५ स्वर्ण १३ रजत १७ कांस्यसहित द्वितीय भयो भने सल्यानले ५ स्वर्ण, १२ रजत, १८ कांस्यसहित तृतीय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का प्रशिक्षण विभाग प्रमुख प्रदीप राईले बताए ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मंगलबहादुर शाहीले संरचना बनेसँगै खेलाडीहरुको खेलप्रति मोह बढ्दै गएको बताए । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गएकाले खेलाडीहरु तयारी अवस्थामा रहन आवश्यक रहेको मन्त्री शाहीको भनाइ छ ।

प्रकाशित : फाल्गुन ९, २०८० २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?