१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पुलिस क्लब च्याम्पियन

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाल पुलिस क्लबले कावासोतीमा जारी राष्ट्रिय जीएम कप भलिबलको उपाधि चुमेको छ । मंगलबार पुलिसले एपीएफ क्लबलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो ।

कावासोतीस्थित कुमारवर्ती क्याम्पसको कोर्टमा सुरुआती सेटमा २६–२४ ले अग्रता बनाएको पुलिसविरुद्ध दोस्रो सेट एपीएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्यायो । त्यसपछि पुलिसले खेलमा पुनरागमन गर्दै तेस्रो सेट २५–२१ ले जित्यो । पुनः चौथो सेट एपिएफले २५–२१ ले कब्जा गरेपछि खेल २–२ सेटको बराबरीमा पुर्‍यो ।

बेस्ट अफ फाइभको भएको फाइनलको अन्तिम सेटमा पुलिसले १५–१२ स्कोर बनाउँदै खेल जित्यो ।

तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले सफलता पायो । गण्डकीले त्रिभुवन आर्मी क्लबलाई ३–२ कै सेटमा हरायो । गण्डकीले १७–२५, २५–१७, १५–२५, २५–१८, १५–११ स्कोरको जित निकाल्यो ।

जीएम समाज कावासोतीको आयोजनामा भएको पहिलो आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाए ।


प्रकाशित : फाल्गुन ९, २०८० २२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?