कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोयल्टी कप : विशांक र हिमालको ह्याट्रिक  

काठमाडौँ — आयोजक लोयल्टी ‘बी’ र काष्ठमण्डप १२ औं लोयल्टी कप यू–१३ अन्तरस्कुल छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा पुगेका छन् ।

लोयल्टी कप : विशांक र हिमालको ह्याट्रिक  

लोयल्टी ले ब्रम्हकुञ्जलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएको थियो । काष्ठमण्डपले काभ्यालाई ६–१ को फराकिलो अन्तरले हरायो । काष्ठमण्डपका विशांक कार्कीले ह्याट्रिक गरे भने साहस ढकाल र सुप्रिम बोहराले १–१ गोल थपे । एक गोल आत्माघाती थियो ।

पिस प्वाइन्ट र चेल्सी वर्ल्ड स्कुल पनि सेमिफाइनल पुगे । पिस प्वाइन्टले नेपाल पुलिस स्कुललाई ३–१ ले हराउँदा हिमाल थिङले ह्याट्रिक गरे । पुलिसका सुदीप तामाङले एक गोल फर्काए । चेल्सीले इस्टपोललाई टाइब्रेकरमा ३–२ ले पन्छायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

सेमिफाइनलमा चेल्सीको भेट पिस प्वाइन्टसँग हुनेछ भने लोयल्टी ‘बी’ ले काष्ठमण्डपको सामना गर्नेछ । दुवै सेमिफाइनलमा बिहीबार हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०८० १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?