कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन च्याम्पियन

काठमाडौँ — ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन एकेडेमीले बुधबार प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

ग्रिनल्यान्ड, हिमरश्मि र विल्सन च्याम्पियन

ग्रिनल्यान्ड सिनियर गर्ल्स, हिमरश्मि जुनियर ब्वाइज र विल्सन सिनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् । किङडम हिमालयन स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्स फाइनलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २१–१० स्कोरले पराजित गर्‍यो । ग्रिनल्यान्डकी बिहानी राईले १० स्कोर जोडिन् ।

जुनियर ब्वाइज फाइनलमा हिमरश्मिले भ्याली पब्लिकलाई २६–२५ ले हराउँदा आयुष पोखरेलले १२ स्कोरको योगदान गरे । सिनियर ब्वाइजमा विल्सनले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ४३–३७ ले हरायो । विल्सनका युकेश गुरुङले १२ स्कोर गरे ।

सिनियर ब्वाइजमा विल्सनका अनुप मगर, गर्ल्समा ग्रिनल्यान्डकी बिहानी राई र जुनियर ब्वाइजमा हिमरश्मिका आयुष पोखरेल मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा आयोजक हिमालयनका छेवाङ लामा, गर्ल्समा किङडमकै छिरिङ लामा र जुनियरमा भ्याली पब्लिकका आर्यन गुरुङ उत्कृष्ट थ्री प्वाइन्टर चुनिए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुहान भण्डारी, सिनियर गर्ल्समा फेरिल्यान्डकी कृतिका कटुवाल र जुनियर ब्वाइजमा किङडमका छिमे रिन्जेन लामा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा प्राण्जली, सिनियर गर्ल्समा किङडम हिमालयन र जुनियर ब्वाइजमा ह्वाइट माउन्टेनले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, किङडम हिमालयनकी संस्थापक अध्यक्ष कान्छीमाया शेर्पा, किङडम हिमालयनका प्रिन्सिपल छेवाङ लामा शेर्पालगायतले पुरस्कृत गरे ।

प्रकाशित : फाल्गुन ९, २०८० १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?