कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ललितपुरमा टेबलटेनिस विकासलाई सम्झौता

काठमाडौँ — ललितपुर जिल्ला खेलकुद विकास समिति, ललितपुर जिल्ला टेबलटेनिस संघ र दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलबीच ललितपुरको टेबलटेनिस विकासमा सहयोग पुर्‍याउन मंगलबार त्रिपक्षीय सम्झौता भएको छ ।

ललितपुरमा टेबलटेनिस विकासलाई सम्झौता

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर मन्जली शाक्यलगायत उपस्थित थिए ।

ललितपुर जिल्लामा विशेष गरी टेबलटेनिस खेलको विकास, पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षक आदान–प्रदान गर्ने विषयमा सम्झौता भएको छ । कार्य योजना बनाएर अगाडि बढ्नेलगायतका विषयमा पनि सहमति भएको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?