कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रेन्टफोर्डलाई हराएर सिटी दोस्रोमा

काठमाडौँ — इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । यससँगै पेप ग्वार्डिओलाको सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिन पनि सफल रह्यो ।

ब्रेन्टफोर्डलाई हराएर सिटी दोस्रोमा

ब्रेन्टफोर्डले तेर्साएको बलियो डिफेन्सलाई तोड्दै हालान्डले ७१ औं मिनेटमा एक गमात्र गोल गरे । यो जितपछि डिफेन्डिङ च्याम्पियन सिटीको २५ खेलबाट ५६ अंक भएको छ ।

यो शीर्ष स्थानमा रहेको लिभरपुलसँग एक अंकको दूरी हो । लिभरपुलको समान २५ खेलबाट ५७ अंक छ । आर्सनल भने तेस्रो स्थानमा झरेको छ र उसको ५५ अंक छ । ब्रेन्टफोर्ड भने २८ अंकमा १३ औं स्थानमा रह्यो ।

प्रकाशित : फाल्गुन ९, २०८० ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?