१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

वाफ वुमेन्स च्याम्पियनसिप : सिरियामाथि नेपालको सजिलो जित

काठमाडौँ — नेपालले वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा मंगलबार अपेक्षित विजयी सुरुआत गरेको छ । साउदी अरेबियाको जेद्दास्थित किङ अल्बुल्लाह स्टेडियमको रिर्जभ मैदानमा भएको खेलमा नेपालले समूह ‘बी’ पहिलो खेलमा सिरियामाथि ४–१ को सजिलो जित निकाल्यो । यो खेलको सबैभन्दा ठूलो विशेषता रह्यो, अनिता वस्नेतले कर्नरबाट सम्भव दुर्लभ गोल ।

वाफ वुमेन्स च्याम्पियनसिप : सिरियामाथि नेपालको सजिलो जित

यो जितसँगै नेपालले लगातार दस खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको छ । नेपालले सन् २०२२ को वुमेन्स साफ च्याम्पियनसिपमा भारतलाई हराएयता अहिलेको जित आत्मसात गरेको हो । पहिलो गोल भने अमिशा कार्कीको नाममा रह्यो र यो दसौं मिनेटमा सम्भव भएको थियो ।

सिरियाली डिफेन्सको कमजोरीमा डिफ्लेक्ट भएको बलमा अमिशाले गोल गरेकी हुन् । अनिताले १३ औं मिनेटमा गोल गरिन् । उनको कर्नर प्रहारले घुमाउरो बाटो तय गर्नै सिधै पोस्टको दिशा लिएको थियो । खेलको १९ औं मिनेटमा सम्भव तेस्रो गोल भने सावित्रा भण्डारीको नाममा रह्यो । अमिशाले दिएको पासमा सावित्राले लगभग खालि पोस्टमा बललाई पोस्टका दिशा दिलाइन् ।

नेपालका लागि यो उनको ४३ औं गोल रह्यो । लगतै सिरियाका लागि कप्तान नुर मुस्तफाले एक गोल फर्काइन् । उनको सामान्य फ्रि–किक प्रहार नेपाली गोलरक्षक एन्जिला सुब्बाले ठीक अनुमान गर्न सकेनन् र बलले पोस्टको दिशा दिएको थियो । रेखा पौडेलले ६९ औं मिनेटमा चौथो गोल गरिन् र यसका लागि उनले सावित्राको पास उपयोग गरेकी थिइन् ।

दोस्रो हाफमा नेपालले लगातार आक्रमण बुने पनि त्यो सफल रहेन् । विशेषतः सावित्राले केही अवसर गुमाइन् र उनको एक प्रहार पोस्टमा लागेको फर्केको थियो । त्यसमै उनको हेडबाट गरेको दोस्रो प्रहार पोस्टको धेरै माथिबाट बाहिरिएको थियो । अब नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार इराकको सामना गर्नेछ ।

प्रकाशित : फाल्गुन ८, २०८० २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?