१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

राजदीपको निर्णायक गोल

काठमाडौँ — माउन्ट सेब आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राजदीपको निर्णायक गोल

माउन्ट सेबले युनाइटेड युनिभर्सललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । ब्रम्हकुञ्जले कौटिल्यलाई १–० ले हराएर क्वाटरफाइनलमा स्थान बनायो । राजदीप पण्डितले निर्णायक गोल गरे ।

अर्किड प्युपल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेक्सस एकेडेमी र श्रमशील विद्यापीठ प्रिक्वाटरफाइनलमा पुगे । नेक्ससले उज्ज्वल तारामाथि ४–० को सहज जित पायो । नेक्ससका जयसन कार्की र सुरज स्याङतानले २–२ गोल गरे । श्रमशीलले कौस्तुभ एकेडेमीलाई १–० गोलले हरायो ।

प्रकाशित : फाल्गुन ८, २०८० २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?