१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पुलिसलाई राष्ट्रिय भलिबल उपाधि

नारायण शर्मा

पूर्वी नवलपरासी — कावासोतीमा जारी राष्ट्रिय जिएम कप भलिबलको उपाधि नेपाल पुलिस क्लबले चुमेको छ । 

पुलिसलाई राष्ट्रिय भलिबल उपाधि

मंगलबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई हराउँदै जिएम कपको उपाधि हात पारेको हो । खेलको सुरूआती सेट नेपाल पुलिसले २४ विरुद्ध २६ स्कोरसहित जितेको थियो । दोस्रो सेटमा एपीएफले २१ विरुद्ध २५ स्कोर साथ खेललाई बराबरी पार्न सफल भयो ।

यसैगरी तेस्रो सेटमा पुलिसले एपीएफलाई २५ र २१ मा पछाडि पार्दा, चौथो सेटमा एपीएफले २५ र २१ कै स्कोरमा जित निकालेर खेल बराबरीमा राख्यो ।

बेस्ट अफ फाईभको अन्तिम सेटमा एपीएफलाई १५ र १२ को स्कोरमा पछाडि धकेलेर नेपाल पुलिस क्लबले जीएम कपको उपाधि हात पारेको हो ।

प्रतियोगिताको तेस्रो स्थानको उपाधि गण्डकीले जितेको छ । गण्डकीले २५ र १७, २५ र १८ र १५ र ११ स्कोरको जित निकालेको थियो ।

उक्त खेलमा त्रिभुवन आर्मी क्लब भने पहिलो र तेस्रो सेट २५ र १७ तथा २५ र १५ स्कोरमा सीमित रहन गयो ।

यही फागुन ६ गतेबाट जीएम समाज कावासोतीको आयोजनामा संचालित जीएम कप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको यो पहिलो संस्करण हो । जीएम कप उपाधि विजेता प्रथम द्वितीय र तृतीय हुनेले क्रमश: २ लाख १ लाख र ५० हजार, शिल्ड र प्रमाणपत्र हात पारेका छन् । कावासोतीस्थित कुमारवर्ति क्याम्पस प्रांगणमा खेल सम्पन्न भएको हो ।

प्रकाशित : फाल्गुन ८, २०८० २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?