१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ललितपुर महानगर टिम क्वाटरफाइनलमा

काठमाडौँ — ललितपुर महानगरपालिका दोस्रो कीर्तिपुर नगरपालिका यू–१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ ।

ललितपुर महानगर टिम क्वाटरफाइनलमा

कीर्तिपुर कभर्डहलमा मंगलबार ललितपुरले विराटनगर महानगरपालिकालाई ७९–५८ स्कोरले पराजित गर्‍यो । ललितपुरका रौनक गोपालीले २५ स्कोर जोडे । कीर्तिपुर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगितामा बुटवल उपमहानगरपालिका र काभ्रेको पाँचखाल नगरपालिका विजयी भए ।

बुटवल नगरपालिकाले आदर्श कुँवरको २७ स्कोर मदतमा घोराही उपमहानगरपालिकालाई ७६–५४ स्कोरले हरायो । पाँचखालले तार्केश्वर नगरपालिकालाई ६७–६२ ले हराउँदा पाँचखालका साजन गिरीले २९ स्कोर गरे ।

प्रकाशित : फाल्गुन ८, २०८० १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?