११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नासिर र गौरिका बनाए राष्ट्रिय कीर्तिमान

काठमाडौँ — नासिर याहा हुसेन र गौरिका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नासिर र गौरिका बनाए राष्ट्रिय कीर्तिमान

नासिरले २०० मिटर फ्रिस्टायलमा कीर्तिमान बनाएका हुन् । नासिरले गत वर्ष जापानको फुकुवामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा कायम गरेको १ मिनेट ५७.२६ सेकेन्डमा ०.८७ सेकेन्डमा सुधार गर्दै १ मिनेट ५६.३९ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका छन् ।

नासिरले ४०० मिटर फ्रिस्टायलमा ४ मिनेट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए । १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्दै १ मिनेट ५.४७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन् ।

गौरिकाले जापानको फुकुवाकामा भएको बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा राखेको १ मिनट ६.८० सेकेन्डमा १.३३ सेकेन्ड सुधार गर्दै कीर्तिमान कायम गरेकी हुन् ।

प्रकाशित : माघ २९, २०८० १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?