६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

बुंगलले जित्यो राष्ट्रपति रनिङ शिल्ड 

बझाङ — १४ औं राष्ट्रपति रनिङ शिल्ड बुंगल नगरपालिकाले जितेको छ । बुंगल नगरपालिकाले प्रतियोगितामा कुल ३० मध्ये १३ खेलमा स्वर्ण सहित १५ पदक जितेको थियो । 

बुंगलले जित्यो राष्ट्रपति रनिङ शिल्ड 

यस्तै, प्रतियोगितामा छ स्वर्ण सहित कुल १७ वटा पदक जितेर केदारस्युँ गाउँपालिका दोस्रो र चार स्वर्ण सहित १४ पदक जितेर जयपृथ्वी नगरपालिका तेस्रो भएका छन् ।

प्रतियोगितामा खप्तड छान्ना गाउँपालिकाले दुई, थलारा, छविस पाथीभेरा, वित्थडचिर, दुर्गाथली र सुर्मा गाउँपालिकाले एक एक स्वर्ण पदक हात पारेका छन् भने मष्टा, तलकोट र साइपाल गाउँपालिका स्वर्णविहीन हुन पुगेका छन् ।

तलकोटले दुई रजत, मष्टाले एक रजत र एक कास्य तथा साइपालले एक खेलमा रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिए ।

विभिन्न खेलमा उत्कृष्ट खेलाडीलाई समेटेर प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पठाउने उनले बताए ।

प्रकाशित : माघ २९, २०८० २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?