कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

विश्वविद्यालय खेलकुद सोमबारदेखि, ट्रफी सार्वजनिक

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबारदेखि प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको लोगो र रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको छ । राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरे ।

विश्वविद्यालय खेलकुद सोमबारदेखि, ट्रफी सार्वजनिक

दुई दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहनेछ ।

एथलेटिक्स दशरथ रंगशाला, ब्याडमिन्टन राखेपको कभर्डहल, टेबलटेनिस राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौर र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुनेछन् । एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा ५–५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

उपाध्यक्ष कोइरालाले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसँगको छलफलपछि ४ खेल समावेश गरिएको बताए । विश्वविद्यालयले पनि खेलकुदलाई महत्व भन्ने उद्देश्यले राखेपले प्रतियोगिताको थालनी गरेको बताए ।

खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले सहभागी सबै विश्वविद्यालयले छनोट प्रतियोगिता गरिसकेको बताए ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुनेछ । राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी, राखेपका सदस्य अञ्जन धमला, प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : माघ २१, २०८० १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×