कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

क्वाड्राङ्गुलर ट्वान्टी–२० क्रिकेट : चितवन र पर्सा विजयी

रमेशकुमार पौडेल

चितवन — चितवन र पर्साले सोमबार भरतपुरमा भइरहेको ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएको छ । घरेलु टोली चितवनले मकवानपुरलाई १३ रनले पराजित गर्दै आफ्नो यात्रा कायम राखेको छ । अर्को खेलमा पर्साले नवलपुरमाथि २५ रनको जित पायो ।

क्वाड्राङ्गुलर ट्वान्टी–२० क्रिकेट : चितवन र पर्सा विजयी

रामपुरस्थित निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेको पर्साले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनायो । ३५/४ स्थितिबाट पर्साको इनिङ्सलाई सुरज कुर्मीले उकासेका थिए । २९ बल खेलेका उनले ४ चौका प्रहार ३२ रन जोडे । अन्तिम तीन ओभरमा सेराजुल हवारी र सैफुल्लाह अन्सारीले ५१ रन साझेदारी गरेर टोलीलाई गतिलो योगफलमा पुर्‍याए । सेराजुलले अविजित ४९ रन जोड्दा १८ बलमा ४ छक्का र ४ चौका प्रहार गरेका थिए । नवलपुरका कमल परियारले एक्लैले ६ विकेट लिए । शिशिर भुसाल र अपरिचित पौडेलले १–१ विकेट लिए ।

१ सय ४६ रनको लक्ष्य पाएको नवलपुर ७ विकेट गुमाई १ सय २० रनमै सीमित भयो । ओपनर अनिश गुरुङले ४३ रन बनाए । उनले ३२ बलमा ३ छक्का र ४ चौका प्रहार गरे । सन्देश बस्नेतले २७, विशाल पौडेलले १७ र सुदीप अर्यालले १५ रन जोडे । पर्साका अल्फाज मन्सुरीले ३, चन्दन रामले २ र सैफुल्लाह अन्सारी र सम्साद अन्सारीले १–१ विकेट लिए । प्लेयर अफ द म्याच पर्साका सेराफुल हवारी भए ।

दुई खेलमा पहिलो जित निकालेको पर्साले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । फाइनल पुग्नका लागि अब पर्साले मकवानपुरलाई हराउँदै नेट रनरेटमा सुधार गर्नुपर्नेछ ।

चितवनले लगातार जित निकाल्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । १ सय ३२ रनको लक्ष्य पाएको मकवानपुर ५ बल बाँकी छँदै १ सय १८ रनमा अलआउट भयो । ओपनर शुभ कंसाकार १४ रनमै आउट भए । अर्का ओपनर आस्तिक दाहाल २० रन बनाउँदा दिवस आचार्यको बलमा एलबीडब्लू धरापमा परे । त्यसपछि लगातार विकेट गुमाएको मकवानपुरले मध्यक्रममा साझेदारी बनाउन नसक्दा नतिजा विपक्षीलाई सुम्पिन पुग्यो । चितवनका दानिस इकवाल र क्रिजन गुरुङले ३–३, दिवस आचार्यले २, नरेश प्रधान र दीपेश श्रेष्ठले १–१ विकेट लिए ।

त्यसअघि टस जितेको चितवनले १९.३ ओभरमा सबै विकेट गुमाई १ सय ३१ रन जोड्यो । ओपनर विकल गुप्ता र सनम बुढाथोकी खाता नखोली आउट भए । मध्यक्रमा स्वप्निल अधिकारी र प्रतीक श्रेष्ठले अर्धशतकीय साझेदारी गर्दै इनिङ्स उकासेका थिए । स्वप्निलले २ छक्का र ६ चौकासहित ६० रन बनाए । प्रतीकले ३ छक्का प्रहार गर्दै २७ जोडे । अर्धशतक बनाएका स्वप्निल अधिकारी प्लेयर अफ द म्याच भए ।

मंगलबार पर्सा र मकवानपुर र चितवन र नवलपुर भिड्नेछन् । पर्सा र नवलपुरलाई दुवैलाई फाइनल पुग्न खेल जित्नैपर्ने दबाब छ

प्रकाशित : मंसिर २५, २०८० २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?