१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

बार्सिलोनामाथि जिरोनाको ऐतिहासिक जित

काठमाडौँ — जिरोनाले स्पेनी ला लिगामा आइतबार बार्सिलोनामाथि ४–२ को ऐतिहासिक जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यस जितसँगै जिरोनाले आफूको बलियो प्रत्यासी रहेको फेरि एकपल्ट प्रमाणित गरेको छ ।

बार्सिलोनामाथि जिरोनाको ऐतिहासिक जित

बार्सिलोनाको भ्रमणमा आएको जिरोनाका लागि आर्टेम डोभब्योक, म्यागुएल गुटिरेज, भ्यालेरी फर्नान्डेज र क्रिस्थियान स्टुनीले एक/एक गोल गरे । बार्सिलोनका लागि रोबर्ट लेवनडोस्की र इल्कयी गुन्डोगनले गोल फर्काए ।

यस नतिजासँग जिरोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि दुई अंकको अग्रता राख्यो । उसको १६ खेलबाट ४१ अंक छ । बार्सिलोना भने ३४ अंकमा चौथो स्थानमा झर्‍यो । तेस्रो स्थानमा उक्लेको एटलेटिको म्याड्रिडले आल्मेरियालाई २–१ ले हरायो । उसको पनि ३४ अंक छ ।

प्रकाशित : मंसिर २५, २०८० ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?