१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

यू–२३ बास्केटबलमा आर्मी र टाइम्स विजयी

काठमाडौँ — आर्मी र टाइम्स कलेज सोमबार दोस्रो नखिपोट पुरुष खुला तथा महिला यू–२३ बास्केटबल प्रतियोगितामा विजयी भएका छन् ।

यू–२३ बास्केटबलमा आर्मी र टाइम्स विजयी

निश्चल महर्जनले २३ स्कोर मदतमा आर्मीले बुद्ध टिमलाई १२१–४० ले पराजित गर्‍यो । टाइम्सले गोब्लिन्सविरुद्ध १०७–६४ को जित दर्ता गर्दा विजय बुर्जाको ३० स्कोर गरेका थिए ।

बूढानीलकण्ठ, कीर्तिपुरका ‘ए’ र ‘बी’ टोलीले सफलता पाए । बूढानीलकण्ठले आयोजक नखिपोट युवा क्लब ‘ए’ लाई १०३–८३ ले हरायो । विजयी टोलीका तेन्जिङ शेर्पाले ३६ स्कोर गरे । कीर्तिपुरले स्नोल्यान्डलाई ११०–६५ ले पराजित गर्दा जयदीप सिंहले ४७ स्कोर जोडे । कीर्तिपुर ‘बी’ ले नखिपोट ‘बी’ लाई ७५–७१ ले हरायो । कीर्तिपुर ‘बी’ का आशिष थापामगरले ३४ स्कोर जोडे ।

प्रकाशित : मंसिर २५, २०८० २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?