११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बौद्ध लाखेपोखरीस्थित स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा पुस २५ गतेदेखि प्रतियोगिता हुनेछ ।

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन हुने

ब्याडमिन्टन संघको मान्यता प्राप्त वरीयतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० वरीयताबाहेक), स्थानीयस्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ वर्ष माथि गरी ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङकुसाङ शेर्पाले जानकारी गराए ।

करिब २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उपविजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ४५ हजार, २५ हजार र १० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्ट्स हवका सञ्चालक अश्मेल (अखिल) शाहीले बताए । आयोजकको आफ्नै कोर्टमा प्रतियोगिता हुनेछ । वरीयतासहितको राष्ट्रिय प्रतियोगिता रहेकाले करिब ४ सयको हाराहारीमा खेलाडीहरूको उपस्थिति रहने आयोजकले जनाएका छन् ।

प्रकाशित : मंसिर २४, २०८० २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?