१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

बायर्नमाथि फ्रान्कफर्टको पाँच गोल

एजेन्सी

बर्लिन — जर्मन बुंडेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टले शनिबार डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखमाथि अविश्वसनीय रूपमा ५–१ को जित रचेको छ । यो सिजन लिगमा बायर्नको यो पहिलो हार हो ।

बायर्नमाथि फ्रान्कफर्टको पाँच गोल

फ्रान्कफर्टका लागि सुरुआती ३६ मिनेटभित्र ओमर मारमोउ, एरिक एमिम्बे र ह्युगो लार्ससनले गोल गरे । जोसु किमिचले बायर्नका लागि एक गोल फर्काएपछि एबिम्बे र एन्सगर नाफले फ्रान्कफर्टका लागि थप गोल गरे ।

यो हारले बायर्न ३२ अंकमै सीमित रहेर दोस्रो स्थानमा कामय रह्यो । बायर लेभरकुजन ३५ अंकमा शीर्ष स्थानमा छ । शनिबारको अर्को प्रमुख खेलमा आरबी लाइपगिजले बोरुसिया डर्टमुन्डलाई ३–२ ले हरायो ।

प्रकाशित : मंसिर २४, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?