कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दृष्टिविहीन क्रिकेट टोलीको बिदाइ

काठमाडौँ — नेपालको महिला दृष्टिविहीन क्रिकेट टोली भारतसँग ट्वान्टी–२० क्रिकेट शृंखला खेल्न आइतबार मुम्बई जाँदै छ । नेपाल र भारतबीच डिसेम्बर ११ देखि १५ सम्म ५ खेल खेलिने छ । दैनिक १ खेल हुने नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ । 

दृष्टिविहीन क्रिकेट टोलीको बिदाइ

गीता पौडेलको कप्तानीमा रहेको टोलीमा प्रतिभा राई, इशारामाया लुङ्गेली, मुना अर्याल, पूनम चौधरी, सिर्जना परियार, विनिता सोमाई, कान्ति चौधरी, सरिता घिमिरे, सीता डगौरा, मनकेशरी चौधरी, विमला राई, निशा डगौरा, दिल्लीसरा धमला, उजेली थारु, विनिता पुन, रिजन प्रजु (प्रशिक्षक), नहेन्द्र निरौला (सहायक प्रशिक्षक) तथा व्यवस्थापकमा ज्योति केसी, पवन घिमिरे र सागर लामा छन् ।

राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरको सहकार्यमा नेपाली राइनोज क्रिकेट क्लबले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई क्रिकेट सूज प्रदान गर्नुका साथै आर्ट अफ लिभिङको इन्स्टिच्युसन क्लास दिएको थियो । लेलेमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, वडा ५ का मिलन सिलवाल, शरदसहितले टोलीको बिदाइ गरेका थिए ।

प्रकाशित : मंसिर २४, २०८० १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?