१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

आर्सनललाई हराएर एस्टन भिल्ला तेस्रोमा

एजेन्सी

लन्डन — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आर्सनललाई शनिबार १–० ले हराउँदै अंक तालिकको तेस्रो स्थानमा उक्लेको छ । हारले आर्सनलको शीर्षमा फर्कन अवसर भने गुग्यो । भिल्लाका लागि कप्तान जोन म्याकगिनले सातौं मिनेटमा निर्णायक गोल गरे ।

आर्सनललाई हराएर एस्टन भिल्ला तेस्रोमा

यो जितसँगै भिल्लाको ३५ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग दुई अंकको दूरी हो । यसअघि क्रिस्टल प्यालेसलाई २–१ ले हराएको लिभरपुल ३७ अंकमा पहिलो स्थानमा छ । उसको पछाडि आर्सनल ३६ अंकमा छ ।

शनिबारको अर्को प्रमुख खेलामा म्यानचेसटर युनाइटेड आफ्नै घरमा बर्नमाउथको हातबाट ३–० ले पराजित भयो । यस्तै सेफिल्ड युनाइटेडले ब्रेन्टफोर्डलाई १–० ले हरायो । ब्राइटन र बर्नली तथा उल्भ्स र नटिङ्घम फरेस्टले समान १–१ को बराबरी खेले ।

प्रकाशित : मंसिर २४, २०८० ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?