१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

जनकपुरमा मंगलबारदेखि दोस्रो अन्तर विद्यालय क्रिकेट रनिङ कप

सन्तोष सिंह

धनुषा — जनकपुरमा विद्यालय तहका विद्यार्थीहरुको क्षमता विकासका लागि अन्तरविद्यालय क्रिकेट रनिङ कप-२०८० आयोजना हुने भएको छ ।

जनकपुरमा मंगलबारदेखि दोस्रो अन्तर विद्यालय क्रिकेट रनिङ कप

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) जनकपुरधामको आयोजनामा मंसिर २६ देखि पुस ८ गतेसम्म दोस्रो अन्तर विद्यालय क्रिकेट सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जनकपुरको रजौलमा रामजानकी खेल मैदानमा हुने प्रतियोगितामा पहिलो चरण लिग र दोस्रो चरणमा नकआउट विधिबाट सञ्चालन हुने एनप्याब्सन जनकपुरधामका अध्यक्ष आशीष झाले जानकारी दिए । खेलमा जनकपुरधामका १२ निजी विद्यालय सहभागी हुने उनले बताए ।

आईसीसीको नियमअनुसार सञ्चालन हुने खेलमा कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने अध्यक्ष झाले बताए । कपमा उत्कृष्ट प्रदर्शन गर्ने १५ जना खेलाडीलाई छात्रावृत्ति प्रदान गरिने झाले बताए । विजयी टिमलाई कप, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

'खेलकुदमा सहभागी गराउन एनप्याब्सनमा आबद्ध धनुषाका सबै विद्यालयलाई आग्रह गरे पनि जनकपुर बाहिरका विद्यालयहरु चासो देखाएन,' अध्यक्ष झाले भने, ‘विद्यालय पढ्ने बालबालिकामा मोबाइल प्रयोगले नकारात्मक असर परिरहेको छ । विद्यालय तहमा खेलकुदको गतिविधि आयोजना हुन नसक्ने अवस्थामा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि दोस्रो पटक क्रिकेट खेल आयोजना गर्दैछौं ।’

प्रकाशित : मंसिर २४, २०८० १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?