कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

युथ अफ टीकापुर सेमिफाइनलमा

धनगढी — फाप्ला क्रिकेट मैदानमा भइरहेको आठौं लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा शनिबार युथ अफ टीकापुर र गरुडा नगरपालिका रौतहट विजयी भएका छन् । समूह ‘बी’ बाट टीकापुरले सेमिफाइनल पक्का गरेको छ ।

युथ अफ टीकापुर सेमिफाइनलमा

टीकापुरले कैलाली बहुमुखी क्याम्पसलाई १५ रनले हरायो । लिगका तीनवटै खेल जितेको थियो । ९५ रनको लक्ष्य पाएको कैलालीले ७ विकेट गुमाई ११ ओभरभित्र ७९ रनमात्र बनाउन सक्यो । कप्तान दीपक कँडेलले ३८ र पारस रोकायाले १२ रन जोडे । टीकापुरका सुमित महर्जनले २ विकेट लिँदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १–१ विकेट लिए । खराब मौसमका कारण खेल ११ ओभरमा घटाइएको थियो । टस जितेको टीकापुरले ७ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

टीकापुरका प्लेयर अफ द म्याच गौतम केसी र प्रकाश जैसीले समान ३४ रन जोडे । गौतमले २७ बलमा १ चौका र ३ छक्का र प्रकाशले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कैलालीका अभिषेक कुॅवर र सुशील विष्टले २–२, लोकेन्द्र खनाल र पारस रोकायाले १–१ विकेट लिए ।

दोस्रो खेलमा गरुडाले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ९८ रनले हरायो । १ सय ७४ रनको लक्ष्य पाएको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाई ७५ रनमात्र बनायो । निशान रेग्मीले १८ र सौर्य श्रेष्ठले १४ रन बनाए । गरुडाका धर्मेन्द्र साहले ४ विकेट लिए । उनले १२ रनमात्र खर्चिए । नरेश शाह, रुपेश सिंह र नितेश यादवले १–१ विकेट लिए ।

टस जितेको गरुडाले २० ओभरमा ८ विकेट गुमाई १ सय ७३ रन बनायो । रुपेश सिंहले ६० रन जोडे । उनले २९ बलमा ५ चौका र ५ छक्का प्रहार गरे । निश्चल विक्रमले अविजित ४३ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । ७६ रनमा ६ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे । सुदूरपश्चिमको बलिंङमा पारस सुनार र सन्दीप विष्टले २–२ विकेट लिए । प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले १–१ विकेट लिए ।

प्रकाशित : मंसिर २३, २०८० २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?