१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

सावित्रालाई काठमाडौं युरोको सम्मान

काठमाडौँ — काठमाडौं युरो स्कुलले फुटबलर सावित्रा भण्डारीलाई शनिबार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रियजगत चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै नेपालको गौरव बढाएकोमा काठमाडौं युरो स्कुलले स्पोर्ट्स मिट समापनमा सम्मान गरेको हो ।

सावित्रालाई काठमाडौं युरोको सम्मान

काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले सावित्रालाई नगद र मायाको चिनो प्रदान सम्मान गरे । ‘साम्बा’ उपनामले चिनिने सावित्रा युरोपको व्यावसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

सावित्राले काठमाडौं युरोमा नवनिर्मित फुटसल कोर्टको उद्घाटन गर्नुका साथै स्पोर्ट्स मिटमा पदक जितेका खेलाडीलाई पुरस्कृत गरेकी थिइन् । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।

काठमाडौं युरोले विगतमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका परशुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।

प्रकाशित : मंसिर २३, २०८० १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?