१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

यू–२३ बास्केटबलमा नखिपोट र आर्मीको जित

काठमाडौँ — आयोजक नखिपोट युवा क्लब ‘ए’ र आर्मीले दोस्रो नखिपोट पुरुष खुला तथा महिला यू–२३ बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

यू–२३ बास्केटबलमा नखिपोट र आर्मीको जित

नखिपोट ‘ए’ ले गोबलिन्सलाई ७७–६० स्कोरले पराजित गर्‍यो । नखिपोटको जितमा सुजन पाण्डेले २८ स्कोर गरे । निकेश मगरको १५ स्कोरमा आर्मीले कीर्तिपुर ‘ए’ लाई ९१–४३ ले हरायो ।

आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै ओइभिएस हाउन्ड्स र बौद्ध ‘ए’ ले विजयी भएका छन् ।

ओइभीएसले कीर्तिपुर ‘बी’ माथि १०२–७० को जित पायो । विजेताका दिप्सन केसीले ३४ स्कोर जोडे । बौद्ध ‘ए’ ले रोयल्सलाई ७७–७० ले हरायो । बौद्धका तेन्जिङ सोनाम भुटियाले २८ स्कोर गरे ।

ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृत महतले एक उद्घाटन गरेको प्रतियोगितामा १९ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले १ लाख ५ हजार र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । मोस्ट भ्यालुएबल प्लेयरलाई २५ हजार पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

महिलामा ४ टिमले राउन्ड रोबिन लिगपछि शीर्ष दुईले उपाधिका लागि खेल्नेछन् । पहिलो हुनेले ५० हजार र दोस्रोले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । मोस्ट भ्यालुएबल प्लेयरलाई १५ हजारबाट पुरस्कृत गरिने छ । पुरुष/महिला दुवैमा सहभागी टिमले ३ विदेशी राख्न पाउने छन् ।

प्रकाशित : मंसिर २३, २०८० २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?