१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

स्टेज रेस च्यालेन्जमा मान र छोकी च्याम्पियन

काठमाडौँ — ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ ।

स्टेज रेस च्यालेन्जमा मान र छोकी च्याम्पियन

गुर्जेभन्ज्याङमा सुरु भएर झुलेमा सम्पन्न भएको ३३ किमि दौडमा पुरुषतर्फ मान रोका मगर र महिलातर्फ छोकी शेर्पा पहिलो भए । मानबहादुरले ३ घन्टा ४ मिनेट ९ सकेन्डमा दौड पूरा गरे । यसैगरी श्याम मगराती (३.१३:१३ सकेन्ड) दोस्रो र अशोक बराम (३.१६:०० सकेन्ड) तेस्रो स्थानमा रहे ।

महिलातर्फ गत साता इन्डोनसियामा भएको एसिया ट्रेल मास्टरमा सहभागिता जनाएकी छोकी ४ घन्टा ७ मिनेट २ सकेन्ड समय लगातार च्याम्पियन भइन् । त्यस स्पर्धामा माउन्ट जोय (४.३६:००) उपविजेता बने भने जाये फे स्टोरिच (४.५३:०८) तेस्रो स्थानमा रहे ।

यस स्टेज रेस च्यालेन्समा ९७ खेलाडीको सहभागिता रहेको थियो । त्यसमा अमेरिका, फ्रान्स, बेलायत, इन्डानेसियालगायतका ३० जना विदेशी धावकधाविकाको पनि सहभागिता रहेको थियो ।

प्रकाशित : मंसिर २३, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?