१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११३

लुम्बिनी शिक्षा च्याम्पियन

तिलोत्तमा — लुम्बिनी शिक्षा निकेतन लुम्बिनीले सिद्धार्थ रंगशालामा सञ्चालित १० औं संस्करणको शेरबहादुर सेन्चुरी स्मृति अन्तरस्कुल टी–२० क्रिकेटको उपाधि जितेको छ ।

लुम्बिनी शिक्षा च्याम्पियन

शनिबार फाइनलमा शान्ति नमुना मावि मणिग्रामलाई २८ रनले पराजित गर्दै लुम्बिनी शिक्षाले उपाधिसँगै ५० हजार जितेको हो । शान्ति नमुनाले २५ हजार पायो ।

टस जितेको लुम्बिनीले ४ विकेट गुमाई १ सय २९ रन बनायो । एजाजुल हक र अब्दुल हबिबले नटआउट क्रमशः ४० र २५ रन जोडे । विन्दराम गडेरियाले २४ र सन्दीप लोधले २२ रन जोडे । शान्ति नमुनाका आशुतोष पाण्डेले २ र रुविन पराजुलीले १ विकेट लिए ।

शान्ति नमुनाले ८ विकेट गुमाई १ सय १ रनमात्र बनायो । आशुतोष पाण्डेले २४, नवीन भण्डारीले १७, समीर नेपालले १५ र सन्देश भण्डारीले १४ रन जोडे । शिक्षा निकेतनका अब्दुल हबिब र अप्सर खानले २–२, सरबरे आलम र सन्दीप लोधले १–१ विकेट लिए । अब्दुल हबिब म्यान अफ द फाइनल भए ।

शान्ति नमूनाका आशुतोष पाण्डे म्यान अफ द सिरिज तथा वेस्ट बलर घोषित भए । उनले १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए । लुम्बिनीका एजाजुल हक वेस्ट ब्याटर भए । उनले ५ हजार रुपैयाँ पायो ।

विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले १० वर्षदेखि रूपन्देही क्रिकेट संघले प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितालाई हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा पर्वत ज्वेलर्सका सञ्चालक विमल सेन्चुरीले निरन्तर प्रायोजन गर्दै आएका छन् ।

प्रकाशित : मंसिर २३, २०८० २२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?