१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

किराँत गोल्डकप  : झापा र मोरङ फाइनल भिड्दै

लक्ष्मी गौतम

पाँचथर — प्रथम वाइवाइ किराँत गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार बिर्ता युनाइटेड क्लब झापा र डाँगीहाट फुटबल क्लब मोरङ भिड्दै छन् । फिदिमस्थित फिदिम माविको मैदानमा अपरान्ह २ बजे फाइनल सुरु हुनेछ । 

किराँत गोल्डकप  : झापा र मोरङ फाइनल भिड्दै

मोरङले सेमिफाइनलमा आयोजक पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै फाइनल तय गरेको हो भने झापाले कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङमाथि २–१ जित पाएको थियो ।

झापा र मोरङबीचको फाइनल निकै रोचक हुने अपेक्षा छ । ‘अघिल्ला खेलमा बलियो प्रतिस्पर्धीलाई हराएर आएका झापा र मोरङको फाइनल निकै नै प्रतिस्पर्धात्मक र रोचक हुने आस छ,’ फुटबल पारखी सुभाष केरुले भने । विजेताले ४ लाख ४ हजार ४ सय ४४ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोजक पाँचथर फुटबल क्लबले जनाएको छ ।

प्रकाशित : मंसिर २३, २०८० ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?