कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कान्तिपुर टीभीमा प्रो क्लब क्रिकेट

काठमाडौँ — कान्तिपुर टेलिभिजन एचडीले दोस्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । प्रतियोगिता डिसेम्बर २१ देखि ३० सम्म वीरगन्जमा हुनेछ । कान्तिपुर टेलिभिजनले मोफसलको क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्न लागेको यो पहिलोपल्ट हो ।

कान्तिपुर टीभीमा प्रो क्लब क्रिकेट

प्रतियोगिताको अफिसियल ब्रोडकास्ट पार्टनरका रूपमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यसमा कान्तिपुर टेलिभिजनका चिफ मार्केटिङ अफिसर गौरीशंकर दाहाल र आयोजक जोहरा इन्टरनेसनलकी स्नेभी चापागाईंले हस्ताक्षर गरेका थिए । प्रतियोगितामा नेपालका चार र विदेशका दुई गरेर कुल ६ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता पर्सा जिल्ला क्रिकेट संघको समन्वयमा हुन लागेको हो । सम्झौतापत्र हस्ताक्षरका क्रममा सीएमओ दाहालले कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय क्रिकेटको प्रत्यक्ष प्रशारण गर्दै आएकामा अब मोफसलमा पनि विस्तार भएको र यसले क्लब क्रिकेटको विकासमा थप टेवा पुग्ने बताए ।

प्रकाशित : मंसिर २२, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?