१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

पुलिस क्लब सेमिफाइनलमा

काठमाडौँ — नेपाल पुलिस क्लब स्ट्याग ग्लोबल टेबलटेनिस लिगमा बिहीबार सेमिफाइनल पुगेको छ । पुलिस ९२ अंक जोड्दै सेमिफाइनलमा पुगेको हो ।

पुलिस क्लब सेमिफाइनलमा

कान्तिपुर भ्याली पिङपोङ क्लब ७५ अंक बटुल्दै सेमिफाइनल पुग्यो । दुई टिमको शुक्रबार टुंगो लाग्नेछ ।

यता, ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालीन टेबलटेनिस प्रतियोगिताको भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र कपालीले स्वर्ण जितेका छन् । उनले फाइनलमा सुरेश वज्राचार्यलाई १२–१०, ११–६, ११–५ को सोझो सेटमा हराए । प्रकाश धाख्वा र निशान प्रधान संयुक्त तेस्रो भए ।

प्रकाशित : मंसिर २१, २०८० २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?