९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

किरात गोल्डकप : झापा फाइनलमा

लक्ष्मी गौतम

पाँचथर — कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई हराउँदै बिर्ता युनाइटेड क्लब झापा फिदिममा जारी ‘प्रथम वाइवाई किरात गोल्डकप-२०८०’ को फाइनलमा प्रवेश गरेको छ ।

किरात गोल्डकप : झापा फाइनलमा

बिहीबार सम्पन्न पहिलो अन्तिम सेमिफाइनलमा १–२ गोलअन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो । खेल सुरु भएको आठौं मिनेटमा ताप्लेजुङका दिपेश लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

झापाका रोशन भुजेलले ३१ औं मिनेटमा जवाफी गोल फर्काएर आफ्नो टिमलाई ताप्लेजुङसँग बराबरीमा पुर्‍याए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा झापाका प्रदीप बुडाथोकीले गरेको १ गोल झापाका निर्णायक बन्यो । झापाका उनै बुडाथोकीलाई आयोजकले म्यान अफ दि म्याच घोषित गर्दै नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गर्‍यो ।

विजेता झापाले अब किरात गोल्डकपको उपाधिका लागि शनिबार डाँगीहाट फुटबल क्लब मोरङसँग प्रतिस्पर्धा गर्ने छ । गत शनिबार सुरु भएको प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठवटा टिमको सहभागिता थियो । प्रतियोगितामा पहिलो हुने टिमले नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र दोस्रो हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : मंसिर २१, २०८० १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?