९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

एन्जल्स हार्ट र हिमरश्मि च्याम्पियन

काठमाडौँ — एन्जल्स हार्ट र हिमरश्मीले दोश्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुदमा बास्केटबलको उपाधि जितेका छन् । एन्जल्स हार्ट जुनियर ब्वाइज र हिमरश्मि गर्ल्समा विजेता भए ।

एन्जल्स हार्ट र हिमरश्मि च्याम्पियन

जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २४–१९ ले पराजित गर्दा विजेताका रुपेश पौडेलले १५ स्कोर जोडे । सिनियर गर्ल्सको उपाधि भिडन्तमा हिमरश्मिले ल्यान्डमार्कलाई २०–१८ ले हरायो । विजेताकी सुनिसा मिश्रले ७ स्कोर गरिन् ।

विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले पुरस्कृत गरे ।

यस्तै हिमरश्मि र नेपाल राष्ट्रिय मावि दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुदकै भलिबलतर्फ ब्वाइजमा बिहीबार फाइनल पुगेका छन् । कालीदेवी मावि तेस्रो भयो । एन्जल्स स्पोर्ट्स एकेडेमी भइरहेको प्रतियोगिताको गर्ल्समा एन्जल्स हार्ट र मानसिंह धर्म मावि उपाधिका लागि भिड्नेछन् । लालीगुराँस नेसनल एकेडेमीले तेस्रो भयो ।

प्रकाशित : मंसिर २१, २०८० २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?