१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

सनम र अस्मितालाई दौडको स्वर्ण, कबड्डी सुरु

काठमाडौँ — हिमरश्मिका सनम शेर्पा र लालीगुराँसकी अस्मिता भुजेलले दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुदमा बुधबार ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् । दुवैले अघिल्लो दिन १५ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।

सनम र अस्मितालाई दौडको स्वर्ण, कबड्डी सुरु

ब्वाइजमा सनमले ९ मिनेट ३८.१ सेकेन्डमा दौड पूरा गरे । मनमैंजु माविका तनिश थापा दोस्रो र न्यु एराका पेम्बा तामाङ तेस्रो भए । गर्ल्समा अस्मिताले ११ मिनेट ५८.४० सेकेन्ड लगाइन् । ल्यान्डमार्ककी सगुनी देवकोटाले रजत र हिमरश्मिकी सिर्जना तामाङले कांस्य जिते ।

गर्ल्स २०० मिटर दौडमा कौशलकी सुजाश्री विष्टले स्वर्ण, हिमरश्मिकी ममता बरालले रजत र ग्रामसेवाकी लिली तामाङले कांस्य हात पारे ।

त्यस्तै एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) जुनियर ब्वाइज बास्केटबलमा फाइनल पुगेका छन् । घरेलु कोर्टमा लालीगुराँसले सिद्धार्थ मोडेललाई २५–१५ ले हरायो । लालीगुराँसको जितमा सरगम गुरुङले ८ स्कोर गरे । रुपेश पौडेलको ७ स्कोरमा एन्जल्स हार्टले पद्मचक्रलाई २३–१४ ले हरायो ।

सिनियर गर्ल्समा हिमरश्मि र ल्यान्डमार्क उपाधिका लागि भिड्ने भएका छन् । हिमरश्मिले न्यु एरालाई २०–१५ स्कोरले हरायो । हिमरश्मिकी सिर्जना तामाङले ८ स्कोर गरिन् । ल्यान्डमार्कले लालीगुराँसलाई २३–१८ ले पन्छायो । मिका केसीले १२ स्कोर जोडिन् । फाइनल बिहीबार हुनेछ ।

सोही प्रतियोगिताको भलिबलतर्फ पृथ्वीनारायण मावि सेमिफाइनलमा पुगेको छ । एन्जल्स स्पोर्ट्स एकेडेमीमा पृथ्वीले ल्यान्डमार्कलाई २५–१३, २५–७ को सोझो सेटमा हरायो । हिमरश्मिले मानसिंह धर्म माविलाई २५–२२, २५–१९ ले र नेपाल राष्ट्रिय माविले ग्रामसेवा माविलाई २५–११, २५–१७ ले सोझो सेटमा हराएर सेमिफाइनल पक्का गरे ।

गर्ल्समा एन्जल्स हार्ट, लालीगुराँस, पृथ्वीनारायण र मानसिंहले आ–आफ्नो खेल जित्दै सेमिफाइनल यात्रा तय गरे ।

प्रतियोगिताअन्तर्गत कबड्डीको प्रतिस्पर्धा पनि सुरु भएको छ ।

प्रकाशित : मंसिर २०, २०८० २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?