१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

७ गोलको रोमाञ्चकतामा आर्सनल विजयी

काठमाडौँ — डेक्लान राइसले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार लुटन टाउनमाथि ४–३ को जित हात पारेको छ ।

७ गोलको रोमाञ्चकतामा आर्सनल विजयी

यस जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ ।

आर्सनलले ३–२ ले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । यस नतिजासँगै आर्सनलको १५ खेलबाट ३६ अंक भएको छ । दोस्रोमा रहेको लिभरपुलको १४ खेलबाट ३१ अंक छ ।

मंगलबारकै अर्को खेलमा उल्भ्सले बर्नलीलाई १–० ले हरायो र त्यसमा हवाङ हि–चानले निर्णायक गोल गरे । उल्भ्सको १५ खेलबाट १८ अंक भएको छ र १२ औं स्थानमा छ ।

प्रकाशित : मंसिर २०, २०८० ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?