१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

किरात गोल्डकप : आयोजक पाँचथर फुटबल क्लब सेमिफाइनलमा 

लक्ष्मी गौतम

फिदिम — आयोजक पाँचथर जिल्ला फुटबल क्लब फिदिममा जारी प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

किरात गोल्डकप : आयोजक पाँचथर फुटबल क्लब सेमिफाइनलमा 

शनिबार सुरु भएको खेलमा प्रतिस्पर्धी मितेरी फुटबल क्लव तेह्रथुमलाई ०-२ गोल अन्तरले हराँउदै आयोजक टिम दोस्रो चरणमा प्रवेश गरेको हो ।

मध्यान्तर पूर्व तेह्रथुमसँग गोल रहित बराबरीमा खेलेको पाँचथरका तर्फबाट १० नम्बर जर्सीका शुक्रराज राईले ६६ औं मिनेटमा १ गोल गर्दै आफ्नो टिमलाई सुरुआती अग्रता दिलाएका थिए भने ५ नम्बर जर्सीका विशाल भण्डारीले थप १ गोल गर्दै जित सुनिश्चित गरे । भण्डारी म्यान अफ दि म्याच बन्दै नगद ५ हजार रुपैयाँ पाउन सफल भए । प्रतियोगिताको दोस्रो खेल आइतबार बिर्तामोड युनाइटेड झापा र रेडहर्स इलामबिच हुने आयोजक पाँचथर फुटबल क्लवका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए ।

प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठवटा टिमले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद चार लाख चार हजार चार सय ४४ रुपैयाँ र दोस्रो हुनेले २ लाख दुई हजार दुई सय २२ रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलाको म्यान अफ दि म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दि सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?