१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

तेक्वान्दोमा भूपेन्द्रलाई स्वर्ण

काठमाडौँ — कञ्चनपुरका भूपेन्द्र ठकुरीले शुक्रबार दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । उनले जुनियर पुरुष ४५ केजीमुनि फाइनलमा दिलीप स्मृति तेक्वान्दो डोजाङका कैलाश थापालाई हराएका थिए ।

सिनियर पुरुष ५४ केजीमुनि ढल्को डोजाङका अर्पण लामा, ५८ केजीमुनि आर्मीका रुमित राउत, ६३ केजीमुनि आर्मीका शुक्रबहादुर बिक, ८७ केजीमाथि आर्मीका प्रतापबहादुर तामाङ, ८७ केजीमुनि आर्मीका मोहन तामाङ र ८० केजीमुनि आर्मीका सुवास केसीले सफलता पाएका छन् । जुनियर पुरुष ४८ केजीमुनि दिलीप स्मृतिका सिसम श्रेष्ठले स्वर्ण जिते ।

प्रकाशित : मंसिर १६, २०८० ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?