९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

प्रथम किराँत गोल्डकप आजदेखि

लक्ष्मी गौतम

पाँचथर — फिदिममा प्रथम वाइवाइ आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता शनिबार सुरु हुँदै छ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक पाँचथर फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलनबाट जानकारी गराएको छ ।

प्रथम किराँत गोल्डकप आजदेखि

पाँचथर जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ । फिदिम माविको मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमले भाग लिएका छन् । शनिबार उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र तेह्रथुमको मितेरी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक क्लबका अध्यक्ष अनुराग मगरले विजेताले ४ लाख ४ हजार ४ सय ४४ र उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने बताए । प्लेयर अफ द म्याचले ५ हजार, विधागत उत्कृष्ट खेलाडीले १० हजार र म्यान अफ द सिरिजले २५ हजार पाउनेछन् । प्रतियोगिताको मुख्य प्रायोजन वाइवाइ चाउचाउले गरेको छ ।

प्रकाशित : मंसिर १६, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?