१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

तारकेश्वर मेयर रनिङ सिल्ड भोलिदेखि

काठमाडौँ —  तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुद हुने भएको छ । प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टन गरी ९ खेलमा प्रतिस्पर्धा हुने शुक्रबार पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी गराए ।

तारकेश्वर मेयर रनिङ सिल्ड भोलिदेखि

दोस्रो संस्करणमा टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन थप गरिएको हो ।

प्रतियोगितामा विभिन्न ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गर्ने तारकेश्वर नगरपालिकाका खेलकुद शाखा प्रमुख पदमबहादुर खत्रीले बताए ।७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टनमा ३, भलिबल र कबड्डीमा २–२, एथलेटिक्समा २६, कराते, उसु र तेक्वान्दोमा १२–१२, टेबलटेनिसमा ३ तथा बास्केटबलमा २ स्वर्णका लागि खेल हुनेछ ।

टिम च्याम्पियनले १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । गत संस्करणको ट्रफी हिमरश्मिले जितेको थियो ।

मंसिर २२ सम्म चल्ने प्रतियोगिता गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । खेल तारकेश्वर नगरपालिकाका विभिन्न स्थानका साथै एथलेटिक्सको खेल हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा हुनेछ ।

प्रकाशित : मंसिर १५, २०८० १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?