११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

निर्वाण कलेजसँग खेलाडी संघको सम्झौता

काठमाडौँ — खेलकुदलाई शिक्षा र शिक्षालाई खेलकुदसँग जोड्न अत्यावश्यक महसुस गर्दै नेपाल फुटबल खेलाडी संघले निर्वाण स्कुल एण्ड कलेज कुमारीपाटीसँग सहकार्य गरेको छ । त्यसअनुसार खेलाडीलाई उच्च शिक्षाको वातावरण दिइने छ भने पढाइमा व्यस्त विद्यार्थीलाई खेलतर्फ पनि केन्द्रित गराइने छ ।

निर्वाण कलेजसँग खेलाडी संघको सम्झौता

यसका लागि खेलाडी संघ र निर्वाण कलेजबीच सम्झौता भएको छ । सम्झौतामा संघबाट अध्यक्ष विक्रम लामा र कलेजका प्रिन्सिपल मणिराम बन्जाडेले हस्ताक्षर गरेका थिए । सम्झौताअनुरुप फुटबल खेलाडीलाई ७५ प्रतिशतदेखि पूर्ण छात्रवृत्ति प्रदान गरिने छ । त्यस्तै फुटबल खेलाडीका सन्तानलाई ५० प्रतिशतसम्मको छात्रवृति प्रदान दिइनेछ ।

पढेरमात्र नहुने, खेलेर मात्र नहुने भएपछि खेल र शिक्षालाई एकैसाथ अगाडि बढाउन खोजिएको प्रिन्सिपल बन्जाडे बताए । कलेज प्रमुख विद्या श्रेष्ठले सम्झौताले खेलाडीको गुणस्तरीय शिक्षामा सहयोग पुग्ने बताइन् । फुटबल खेलाडी संघका अध्यक्ष लामाले सम्झौताबाट शिक्षा र खेलकुदमा सहजीकरण गर्न खोजिएको र यसले खेलाडीमाथि अतिरिक्त आर्थिक भार कम हुने बताए ।

फुटबल प्रशिक्षक मेघराज केसीले खेलाडीलाई शिक्षित बनाउने खेलाडी संघको प्रयास प्रशंसनीय भएको बताए ।

प्रकाशित : मंसिर १४, २०८० २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?