१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

केपी ओली कप टी–२० क्रिकेट : मधेश प्रदेश र आर्मी फाइनलमा

दीपक परियार

पोखरा — पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० कप क्रिकेटको फाइनलमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

केपी ओली कप टी–२० क्रिकेट : मधेश प्रदेश र आर्मी फाइनलमा

पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबार पहिलो सेमिफाइनल खेलमा आर्मीले वाग्मतीलाई र दोस्रो खेलमा मधेशले एपीएफलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

आर्मीले वाग्मतीलाई ४ विकेटले हराउने क्रममा १ सय २८ रनको लक्ष्य १५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । वाग्मतीका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ५० रनको पारी खेले ।

बिहीबार दोस्रो खेलमा एपीएफलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मधेशले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रनमात्र बनाउन सफल भयो ।

जवाफी ब्याटिङमा २२ रनमा नै २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले शतकीय साझेदारी गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । मधेशका लागि अनीलकुमार साह र इमरान शेखले अर्धसतक प्रहार गरेका थिए । साहले ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भएका हुन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको फाइनल शुक्रबार हुने छ ।

प्रकाशित : मंसिर १४, २०८० १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?