११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ज्ञान कार्निभल बास्केटबल शुक्रबारदेखि

काठमाडौँ — विद्यालय खेलकुदको पुरानो प्रतियोगिताको ज्ञान कार्निभलको २९ औं संस्करण शुक्रबार सुरु हुँदै छ । त्यसअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुनेछ ।

ज्ञान कार्निभल बास्केटबल शुक्रबारदेखि

ज्ञानोदय बालबाटिकाको आयोजनामा हुने प्रतियोगिताको ब्वाइजमा १२ र गर्ल्समा ८ टिमको सहभागिता रहने बिहीबार पत्रकार सम्मेलनमा संयोजक भानु ‘ए’ले जानकारी गराए । नौ दिने लिगकम नकआउट प्रतियोगिताको खेल ललितपुरस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

रेडियन्ट कप जारी

आयोजक रेडियन्ट पब्लिकको जुनियर ब्वाइज र सिनियर गर्ल्स दुवै टोली नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलमा बिहीबार सेमिफाइनल पुगेको छ । घरेलु कोर्टमा रेडियन्टले पुष्पसदनलाई २७–१० ले हरायो । रेडियन्टका विधान कार्कीले ८ स्कोर गरे । दीप रोकायाको ६ स्कोरमा ग्रिनफिल्डले नवीनज्योतिलाई १७–८ ले हरायो ।

सिनियर गर्ल्समा रेडियन्टले जेनिथविरुद्ध २३–१७ को जित पाउँदा दिव्यांशा कार्कीले १८ स्कोर जोडिन् । सिनियर ब्वाइजमा जेनिथले विल्सन एकेडेमीलाई ५६–३१ ले, ज्ञानोदयले निःसर्गलाई ५१–२० ले र एन्जल लर्डले ग्रिनफिल्डलाई ३६–२७ ले हराएर सेमिफाइनल पक्का गरे । जेनिथका सुशील शाहीले २०, ज्ञानोदयका दीपेश शाहीले २३ र एन्जल लर्डका रवि कार्कीले १७ स्कोर गरेका थिए ।

प्रकाशित : मंसिर १४, २०८० २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?