११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

तेक्वान्दो लिगमा दिप्सन र सृष्टिलाई स्वर्ण

काठमाडौँ — गोदावरी तेक्वान्दोका दिप्सन महर्जन र न्युजेनकी सृष्टि स्याङ्बोले दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण पदक जितेका छन् । एकल पुम्सेको यू–१२ पुरुषमा दिप्सन र महिलामा सृष्टि विजेता भए ।

तेक्वान्दो लिगमा दिप्सन र सृष्टिलाई स्वर्ण

पुरुषमा गोदावरीका नीरव महर्जन दोस्रो र न्युजेनका आरभचन्द ठकुरी र सुप्रिम शिवबाबाका थुप्तेन योञ्जन तेस्रो भए । महिलामा गोदावरीका एरिन महर्जन दोस्रो, युमी पाख्रिन र प्रकृति प्रजा तेस्रो स्थानमा रहे ।

नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पेयर पुम्सेको यू–१२ मा न्युजेनका सृष्टि स्याङ्बो र आरभचन्द्र ठकुरी पहिलो भए । टिम पुम्सेको यू–१२ मा गोदावरीका दिप्सन महर्जन, नीरव महर्जन र आयुश शाहीले शीर्षस्थान हात पारे । महिलामा गोदावरीका युमी पाख्रिन र एरिन महर्जनले स्वर्ण जिते ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको प्रतियोगितामा पुम्से र ग्यारोगीमा ७२ स्वर्णका लागि करिब ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

प्रकाशित : मंसिर १४, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?