कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

राजधानीमा करातेको रेफ्री सेमिनार सुरु

काठमाडौँ — नेपाल कराते महासंघको आयोजनामा एसियाली कराते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार बुधबार सुरु भएको छ । सेमिनारमा नेपाल, बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता छ ।

राजधानीमा करातेको रेफ्री सेमिनार सुरु

सेमिनारमा नेपालका ८०, बंगलादेशका २६, पाकिस्तानका १, भारतका ४० र श्रीलंकाका ११ जना सहभागी रहेको मिडिया संयोजक एवं आठौं सागका स्वर्ण विजेता रवि महर्जनले जनाएका छन् ।

सेमिनार एकेएफअन्तर्गत रेफ्री कमिसनका अध्यक्ष मन्सुर अल सुल्तान, सचिव माइकल हुवाङ, सदस्य अस्कर र जाबर तथा नेपाल कराते महासंघअन्तर्गत रेफ्री कमिसनका संयोजक प्रकाशमोहन धौभडेलले प्रशिक्षण दिनेछन् ।

नेपाल कराते महासंघले आयोजना गर्ने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पूर्वसन्ध्यामा सेमिनार गरिएको हो । प्रतियोगिता राखेप कभर्डहलमा शनिबार सुरु हुनेछ ।

प्रकाशित : मंसिर १३, २०८० २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?