११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

च्याम्पियन्स लिग : बार्सिलोना ३ वर्षपछि पहिलो पटक नकआउट चरणमा

काठमाडौँ — बार्सिलोनाले एफसी पोर्टोमाथि २–१ को पुनरागमनसहितको जित हात पार्दै मंगलबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरण यात्रा तय गरेको छ ।

च्याम्पियन्स लिग : बार्सिलोना ३ वर्षपछि पहिलो पटक नकआउट चरणमा

बार्सिलोना तीन सिजनयता पहिलो पटक प्रतियोगिताको अर्को चरण पुगेको हो । पोर्टोले पेपेको गोलले अग्रता लिएको थियो । तर बार्सिलोनाका लागि जाओ क्यान्सेलो र जाओ फेलिक्सले एक एक गोल गरे ।

यो जितपछि समूह ‘एच’ मा बार्सिलोनाको पाँच खेलबाट १५ अंक भएको छ । उसको पछाडि पोर्टो र साख्तर डोनेस्क समान नौ अंकमा छन् । साख्तरले अर्को खेलमा रोयल एन्ट्रपलाई १–० ले हरायो । समूह ‘एफ’ मा बोरुसिया डर्टमन्डले एसी मिलानलाई ३–१ ले हरायो र अन्तिम १६ मा पुग्न सफल रह्यो ।

बोरुसियाको पाँच खेलबाट १० अंक भएको छ । यसै समूहमा पीएसजी र न्युकासल युनाइटेडले १–१ को बराबरी खेले । यस्तै अन्य खेलमा समूह ‘ई’ मा एटलेटिको म्याड्रिडले फायनउडलाई ३–१ र लाजियोले सेल्टिकलाई २–० ले हरायो । समूह ‘जी’ मा भने म्यानचेस्टर सिटीले आरबी लायपजिगलाई ३–२ र योङ ब्वाइजले रेड स्टार बेलग्रेडलाई २–० ले हरायो ।

प्रकाशित : मंसिर १३, २०८० ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?