११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

एसीसी एसिया कपलाई यू–१९ टोली घोषणा

काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुलशन झालाई समेट्दै एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । युनाइटेड अरब ईमिरेट्स (युएई) मा हुने प्रतियोगिताका लागि प्रशिक्षक जगत टमाटाले देव खनालको कप्तानीमा १४ सदस्यीय टोली चयन गरेका हुन् । टोलीमा तीन परिवर्तन गरिएको छ ।

एसीसी एसिया कपलाई यू–१९ टोली घोषणा

विश्वकप छनोट र एसिसी प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहरा र दुर्गेश गुप्ता छैनन् । उनीहरूको स्थानमा गुलशनसहित तिलकराज भण्डारी र ब्याटर विपिन रावल टोलीमा राखिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान छन् । प्रतियोगिता डिसेम्बर ८ देखि १७ सम्म यूएईमा हुने छ ।

नेपाली टोली : देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, दीपेश कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तमरंग थापामगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।

प्रकाशित : मंसिर १३, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?