१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ललितपुर वडा ११ मा रात्रिकालीन टेबलटेनिस सुरु

काठमाडौँ — ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालीन टेबलटेनिस प्रतियोगिताको पाँचौं संस्करण मंगलबार सुरु भएको छ ।

ललितपुर वडा ११ मा रात्रिकालीन टेबलटेनिस सुरु

ललितपुरको प्रतिष्ठित र परम्परागत प्रतियोगिताको रूपमा रहेको रात्रिकालीन टेबलटेनिस नयाँ ढंगबाट हुन लागेको यो पाँचौं संस्करणमा हो । पाटनमा रातिमा टेबलटेनिस खेल्ने संस्कारको जगेर्ना गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको मंगलबार प्रतियोगिताको ललितपुर उपमहानगर प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका थिए ।

सपालि १५ इभेन्टमा ५ सयभन्दा बढी खेलाडीले भाग लिएका छन् । प्रतियोगिताको जर्गेना गर्न र खेलाडीको हौसला बढाउन ललितपुर महानगरपालिकाले सहयोग नगर गरिरहेको प्रमुख महर्जनले बताए ।

ललितपुर जिल्ला टेवल टेनिस संघ, खोल्चा पुखु खेलकुद उपसमिति र खोल्चापोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेल वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा भएको हो ।

वडा नम्वर ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको अध्यक्षतामा भएको प्रतियोगितामा मूल आयोजक समितिका संयोजक नदिमरत्न शाक्यले प्रतियोगिताबारे जानकारी गराएका थिए । मंगलबार पहिलो चरणका भएका छन् । रात्रिकालीन टेबलटेनिस खेलेर ललितपुरका थुप्रै खेलाडी राष्ट्रिय टोलीसम्म पुगेका छन् ।

प्रतियोगितामा महिला/पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कार व्यवस्था गरिएको छ । कुल ३ लाख ५० हजार पुरस्कार राशि भएको प्रतियोगिता गर्न २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा आयोजक वडा ११ ले १० लाख तथा ललितपुर उपमहानगरपालिका र अन्य प्रायोजकबाट प्राप्त हुने जनाइएको छ ।

प्रकाशित : मंसिर १२, २०८० २२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?